You are viewing the translated version of कसूर गरेको मानिने.

Section 47
कसूर गरेको मानिने
कसैले देहाय बमोजिमको कार्य गरेमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछः-
(क) यो ऐन बमोजिम इजाजतपत्र नलिई वा इजाजतपत्रमा उल्लिखित शर्त वा यस ऐन विपरीत आयनीकरण गर्ने बिकिरण उत्पन्न गर्ने, उपकरणको उत्पादन, सङ्कलन, भण्डारण, सञ्चय, निकासी, पैठारी, ढुवानी, ओसारपसार, सञ्चालन, विसर्जन र व्यवस्थापन गर्ने लगायतका क्रियाकलाप वा अभ्यास सञ्चालन गर्ने, गराउने,
(ख) यो ऐन बमोजिम इजाजतपत्र नलिई वा इजाजतपत्रमा उल्लिखित शर्त वा यस ऐन विपरीत रेडियोधर्मी पदार्थ, तत्सम्बन्धी उपकरणको उत्पादन, सङ्कलन, भण्डारण, सञ्चय, निकासी, पैठारी, ढुवानी, ओसारपसार, विसर्जन वा फैलावट गर्ने, कुनै संयन्त्र विकास बा सञ्चालन गर्ने, रेडियोधर्मी फोहोरमैला निकासी, पैठारी वा व्यवस्थापन गर्ने लगायतका क्रियाकलाप वा अभ्यास सञ्चालन गर्ने, गराउने,
(ग) कसैको ज्यान लिने वा शारीरिक चोट पुच्याउने वा सम्पत्ति वा वातावरणमा क्षति पुन्याउने मनसायले वा त्यसरी ज्यान लिने, चोट वा क्षति पुग्ने गरी रेडियोधर्मी पदार्थ प्राप्त गर्ने, कब्जामा लिने, प्रयोग गर्ने, हस्तान्तरण गर्ने, परिवर्तन गर्ने, बिसर्जन गर्ने वा फैलावट गर्ने वा कुनै यन्त्र वा उपकरण बनाउने, प्रयोग गर्ने वा कब्जामा लिने,
(घ) कसैको ज्यान लिने वा शारीरिक चोट पुच्याउने वा सम्पत्ति वा वातावरणमा क्षति पुन्याउने मनसायले वा त्यसरी ज्यान जाने वा चोट वा क्षति पुग्न सक्छ भन्ने जानी-जानी कुनै संयन्त्र प्रयोग गर्ने, त्यसको हिनामिना गर्ने वा त्यसमा हानि वा नोक्सानी पुच्याउने वा त्यसको सञ्चालनमा अवरोध पुच्याउने वा संयन्त्रको विरुद्ध लक्षित गरी कुनै कार्य गर्ने,
(ङ) रेडियोधर्मी पदार्थ चोरी, डकैती वा लुटपाट गर्ने,
(च) रेडियोधर्मी पदार्थ प्राप्तिको लागि जोरजुलुम वा जालसाजीपूर्ण कारोबार गर्ने,
(छ) कुनै व्यक्ति वा संस्थालाई कुनै काम गर्न वा नगर्न बाध्य पार्ने उद्देश्यले खण्ड (ग) र (ङ) बमोजिमको कार्य गर्ने,
(ज) डर, धाक वा धम्की दिई बा बल प्रयोग गरी वा कुनै जोरजुलुम गरी कसैसँगबाट रेडियोधर्मी पदार्थ वा सोसँग सम्बन्धित उपकरण, यन्त्र वा संयन्त्र माग गर्ने,
(झ) रेडियोधर्मी पदार्थ वा सोसँग सम्बन्धित उपकरणको उपयोग, भौतिक संरक्षण र सुरक्षामा नकारात्मक प्रभाव पर्न सक्ने गरी रेडियोधर्मी पदार्थका सम्बन्धमा झुटो सूचना प्रवाह गर्ने, गराउने,
(ज) यस ऐन बमोजिम गोप्य राख्नु पर्ने सूचना प्रवाह गर्ने।